default_image

8 years ago

November 7, 2017

सताक्षी गोल्ड कप फुटबल अर्को साता सुरु हुने, मनाङसहित ३ ए डिभिजन टोलीले भाग लिदै

135 views

0 Bookmark

झापा (हाम्रो खेलकुद) –साताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण अर्को साताबाट आयोजना हुने भएको छ । झापाको सातासिधाम स्पोर्टिङ क्लब झिलझिलेको आयोजनामा कात्र्तिक २८ गतेबाट बाट सुरु हुने प्रतियोगिताको सबै तयारी पुरा भएको क्लबका अध्यक्ष रमेश लावतीले जानकारी दिए ।

ए डिभिजनका ३, विदेशी एक सहित प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । झापा ११ र पोखरा ११ बीचको खेलबाट प्रतियोगिताको सुरुआत हुनेछ । लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी,त्रिभुवन आर्मी, नेपाल एपिएफ, भारतको डायमण्ड अफ फुटबल एकेडेमी, झापा ११ ,पोखरा ११ , रुपन्देहि ११, चर्च ब्वाइज काठमाण्डौ , मोरङ ११ र आयोजक सतासीधाम स्र्पोटिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

९ दिन सम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित ५ लाख रुपैयाँ दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार, तथा उत्कृष्ट रक्षक र उत्कृष्ट मिडफिल्डर समान २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.