8 years ago
November 12, 2017
मालागा (एजेन्सी)– स्पेनले कोस्टारिका विरुद्धको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ । फर्ममा रहेको म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाले २, बार्सिलोनाका फुल ब्याक जोर्डी अल्बा , चेल्सीका अल्भारो मोराटा र बार्सिलोनाका आन्द्रे इनियेस्टाले गोल गरेपनि स्पेन ५–० ले विजयी भएको थियो ।
स्पेनले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । २८ वर्षे अल्बाले छैटौ मिनेटमा अग्रता दिलाएका थिए । उनले ८ यार्डबाट लेफ्ट फुटेड प्रहार गर्दा कोस्टारिकाका गोलकिपरले रोक्ने कुनै मौका पाएनन् । २३ औं मिनेटमा सिल्भाको क्रस विपक्षी गोलकिपर ड्यानी कार्भाजाले रोकेपनि नियन्त्रणमा लिन नसक्दा मोराटाले सजिलै ट्यापमा गोल थपे ।
पहिलो हाफमा थप आक्रमण देखिपनि स्पेनको तेस्रो गोल दोस्रो हाफमा निस्कियो । सिल्भाले ५१ औं मिनेटमा विपक्षी रक्षापक्तिको गल्तिको फाइदा उठाउँदै तेस्रो गोल गरे । ५५ औं मिनेटमा राइट विङ्गबाट एकल प्रयासमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरे । ७३ औं मिनेटमा इनियेस्टाले पेनाल्टी बक्सको बाहिरबाट गोल गरेपनि स्पेनको जित थपको अन्तर फराकिलो बनेको थियो ।
हाइलाइट्स
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]