8 years ago
November 18, 2017
लेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज लेस्टर सिटीको सामना गर्दै छ । नेपाली समय अनुसार सो खेल रातिको ८.४५ बजे सुरु हुने छ ।
म्यानचेस्टर सिटीका लागि मुख्य डिफेन्डर निकोलास ओटामेन्डि यस खेलमा प्रतिबन्धित छन् भने भिन्सेन्ट कम्पनि र बेन्जामिन मेन्डि घाइते छन् । फरवार्ड सर्जियो अगुएरो र रहिम स्टेर्लिङ पनि पूर्ण फिट छैनन् । लेस्टरका लागि फरवार्ड भिन्सेन्ट इबोरा सामान्य घाइते छन् ।
सिटी यस सिजन लिगमा अपराजित रहेको छ र आफ्ना पछिल्ला ९ लिग खेलमा जित दर्ता गर्न सफल रहेको छ । सिटीको ११ खेलमा ३१ अंक रहेको छ भने १३ अंकसहित लेस्टर बाह्रौं स्थानमा छ ।
यसैगरी सिटीको प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेड आज न्युकासल युनाइटेडसँग भिड्दै छ । युनाइटेडका मुख्य डिफेन्डर फिल जोन्स घाइते छन् भने न्युकासलका जमाल लास्केलेस, क्रिस्टियन आट्सु र मिकेल मेरिनो चोटका कारण खेलमा सहभागी हुने छैनन् ।
युनाइटेड हाल सिटीभन्दा ८ अंकले पछाडि रहेको छ । त्यस्तै युनाइटेडले आफ्नो पछिल्लो २२ घरेलु खेलमा हार बेहोरेको छैन भने न्युकासलसँग २९ खेलमा केवल दुई खेलमा पराजित भएको छ ।
प्रिमियर लिगमा आज खेलिने सम्पूर्ण खेलहरुको समय तालिका:
आर्सनल विरुद्ध टोटनह्याम – ६.१५ बजे
लेस्टर सिटी विरुद्ध म्यानचेस्टर सिटी – ८.४५ बजे
लिभरपुल विरुद्ध साउथह्याम्पटन – ८.४५ बजे
क्रिस्टल प्यालेस विरुद्ध एभरटन – ८.४५ बजे
बोर्नमथ विरुद्ध हडर्सफिल्ड – ८.४५ बजे
बर्नली विरुद्ध स्वान्सि सिटी – ८.४५ बजे
म्यानचेस्टर युनाइटेड विरुद्ध न्युकासल – १०.१५ बजे
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]