8 years ago
November 18, 2017
लेगानेस (एजेन्सी) – स्पेनिश ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना आज नवौं स्थानको लेगानेससँग भिड्दै छ । लेगानेसको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समयअनुसार रातिको ९ बजे सुरु हुने छ ।
बार्सिलोनाका लागि आन्द्रेस इनिएस्टाले चोटपछि टोलीमा आगमन गर्दै छन् भने उस्माने डेम्बेले, जाभियर मासेरानो र आन्द्रे गोमेज भने घाइते छन् । सेभिल्ला विरुद्ध दुई गोल गरेका पाको अल्कासेरले यस खेलमा मौका पाउने देखिन्छ । बार्सिलोनाको अग्रपंक्ति भने लियोनल मेस्सी र लुइस स्वारेजले सम्हाल्ने छन् ।
घरेलु टोलीको लागि मिडफिल्डर रुबेन पेरेज टोलीमा फर्किँदै छन् भने नोर्डिन आम्रबाटले पनि टोलीमा ठाउँ पाउने देखिन्छ । सिजनमा राम्रो सुरुवात पछि लेगानेस आफ्ना पछिल्ला दुई खेल गुमाउँदै तालिकाको नवौं स्थानमा झरेको छ ।
बार्सिलोना भने ११ खेलमा ३१ अंक बटुल्दै यस सिजन अपराजित रहेको छ । आफ्ना पछिल्ला १८ लिग खेलमा बार्सिलोना केवल एकमा पराजित भएको छ । त्यसैले आज पनि जित दर्ता गर्दै बार्सिलोना अग्रस्थानमा आफ्नो पकड बलियो बनाउने दाउमा हुने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]