8 years ago
November 18, 2017
काठमाडौैं (हाम्रो खेलकुद) – चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनल खेल सुरु हुँदैछ । चन्द्रागिरी नगरपालिकाको नैकापस्थित मैदानमा हुने पहिलो सेमिफाइनलमा ए डिभिजन दुई टोली फ्रेन्ड्स क्लब र सिएमजी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
फ्रेण्डस आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको थियो । अर्को तिर संकटाले नेपाल पुलिस क्लबको चुनौतिलाई २–० ले पन्छाएर अगाडि बढेको थियो । संकटाले घरेलु फुटबलमा गत वर्षको उच्च प्रदर्शनलाई निरन्तरता दिने संकेत देखाएको छ ।
गत वर्ष संकटाले मोफसलका अधिकांश नकआउट फुटबल प्रतियोगितामा भाग लिने क्रममा टोलीले ३ उपाधि जितेको थियो । यो वर्ष पनि टोलीले उपाधिको खाता खोलिसकेको छ । संकटाले केही दिनअघि नवलपरासीको कोल्हुवामा भएको राइनो संराक्षण गोल्ड कपको उपाधि जितेको थियो ।
विवादका कारण फ्रेण्ड्ससहित चार ए डिभिजन क्लब अखिल नेपाल फुटबल संघ (एन्फा) को कारवाहीमा परेको थियो । कारवाहीबाट भुक्त भएपछि फ्रेन्ड्सले केही प्रतियोगितामा भाग लिइसकेको छ । प्रतियोगितामा आइतबार त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पाबीच दोस्रो सेमिफाइनल हुनेछ । फाइनल खेल मंसिर ५ गते हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]