8 years ago
November 18, 2017
पोखरा (हाम्रो खेलकुद)– पोखराको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण माघमा आयोजना हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा माघ ९ गते देखि २० गते सम्म सञ्चालन हुने आयोजक सहारा क्लबले जनाएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा हुने प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले ले समय तालिका उपलब्ध गराएको क्लबका महासचिव विश्वराज वरालले बताए । प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ । जसमा ४ विदेशी टोली, ए डिभिजन क्लबहरु, पूर्व, पश्चिम र आयोजक टोली रहनेछन् ।
‘खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्धेश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरण पोषणमा खर्चिदै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । एकेडेमीको तेश्रो व्याचमा १६ जिल्लाका २८ जना बालकहरु छन् । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउ रहेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरस्कार हिरो ड्यास स्कुटर,वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक समिति पोखरा, अफिसियल ड्रिङ्ग वाटर ईको पानी सहयोगी संस्थाहरु रहेका छन्। साथै पोखरा उपमहानगर पालिकाको संयोजन, राष्ट्रिय खेलकुद परिषद, एन्फा, कास्की एन्फा, सहारा (यु.के., हङ्गकङ्ग, अष्ट्रेलिया) प्रतियोगिताको विशेष सहयोगी रहेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]