8 years ago
November 18, 2017
सबिन शेर्मा
झापा – दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब वर्षमा पहिलो पटक आज झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा भिड्दैछन् । सिताक्षीमा पहिलो खेल जित्दै एपिएफ अन्तिम आठमा पुगेको थियो भने आर्मी वाइ पाएर पहिलो खेलमा उत्रदैछ । एपिएफले भारत मध्य प्रदेशको डायमन्ड अफ फुटबल एकेडेमीलाई ४–० को जित हासिल गरेको थियो ।
पहिलो रोजाइका खेलाडी राष्ट्रिय टोलीबाट फर्केपछि दुवै टोली उत्साहित छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपाने र एपिएफका रत्नकाजी महर्जन दुवैले जित्ने आशा व्यक्त गरे । ‘तिहार पछि हामी नियमित प्रशिक्षणमा छौं । तयारी राम्रै भएको छ’ आर्मीका प्रशिक्षक न्यौपानेले भने, ‘राष्ट्रिय टोलीबाट सबै फर्केकोले पनि हामी बलियो अवस्थामा छौं ।’
आर्मीका ५ र एपिएफका २ खेलाडी फिलिपिन्सविरुद्ध यहि साता भएको एसियन कप छनोट खेलमा टोलीमा थिए । आर्मीका भरत खवास, नवयुग श्रेष्ठ, जीतेन्द्र कार्की, जर्ज प्रिन्स कार्की र गोलकिपर विकेश कुथु नेपाली टोलीका नियमित सदस्य हुन् । न्यौपानेका अनुसार उनीहरु फर्कने वित्तिकै टोलीको मनोबल झन उचो हुने गरेको छ । उनले पाँचै जनाले आज पहिलो रोजाइबाट सुरु गर्ने बताए । न्यौपानेको प्रशिक्षणमा गत वर्ष १० वटा मोसफलका नकआउट प्रतियोगिताको फाइनल खेलेको आर्मीले ४ वटा उपाधि जितेको थियो ।
उता एपिएफका प्रशिक्षक महर्जन पनि टोली सन्तुलित रहेको बताउँछन् । ‘तयारी राम्रै । हाम्रो टोलीमा सन्तुलन पनि छ ’ उनले भने, ‘आर्मी सधै बलियो प्रतिद्वन्द्वि हो । तर हामी पनि सफल नतिजाका लागि प्रयास गर्नेछौं । ’ राष्ट्रिय टोलीबाट फर्केका अन्जन विष्ट र राजेन्द्र रावल दुवै आजको खेलमा पहिलो रोजाइमा पर्ने महर्जनले बताए ।
२०७२ यता यी दुई टोलीबीच आज हुने भेट तेस्रो हो । यसअघिका दुई खेलमा दुवै टोलीले एक एक खेल जितेका छन् । २०७२ पुसमा सातौं राष्ट्रिय खेलकुदको धरानमा भएको फुटबल फाइनलमा आर्मीलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको थियो । त्यो फाइनलमा २ गोल गरेका अन्जन अहिले टोलीमा फर्केका छन् । यसबीचमा अन्जनले केही खेल लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीबाट पनि खेलेका थिए ।
गत वर्ष सर्लाहीमा भएको राजर्षी गोल्ड कपको सेमिफाइनलमा भने आर्मीले एपिएफलाई हराएको थियो । त्यसयताको पहिलो खेल जित्नेका लागि दुवै आतुर देखिएका छन् ।आर्मी र एपिएफ दुवै टोलीको बी टिम राजधानीमा जारी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । दुवै विभागिय टोली सेमिफाइनल पुगेका छन् ।
सताक्षी धाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगितामा झापा ११ र आयोजक टोली सेमिफाइनल पुगिसकेका छन् । एपिएफ र आर्मीको विजेताले सेमिफाइनलमा झापाको सामना गर्नेछ । त्यस्तै रुपन्देही र मनाङको विजेताले आयोजक सताक्षीधामसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रपैयाँ प्राप्त गर्नेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]