default_image

8 years ago

November 18, 2017

म्याड्रिड डर्बी: रियल र एट्लेटिकोको महत्त्वपूर्ण खेल आज

158 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आज ‘म्याड्रिड डर्बी’मा रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड भिड्दै छन् । एट्लेटिको म्याड्रिडको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ ।

रियल म्याड्रिडका लागि गोलकिपर केलर नाभास अझै चोटिल नै रहेकाले किको क्यासिल्लाले उनको स्थान लिने सम्भावना रहेको छ । त्यस्तै ड्यानि कार्जाभाल र राफायल भरान टोलीमा आगमन गर्न सक्ने छन् ।

यसै गरी घरेलु टोलीका लागि फिलिपे लुइस फिट रहेकाले सुरुवात गर्न सक्ने छन् । कोके र अन्जेल कोरिया पनि सुरुवाती ११ मा सामेल हुने देखिन्छ ।

एट्लेटिको म्याड्रिड आफ्नो पछिल्लो १५ खेलमा अपराजित रहेको छ । अर्को तर्फ रियल म्याड्रिडले खराब सुरुवात गरे बावजुद पछिल्लो ६ मध्ये ५ खेलमा जित दर्ता गरेको छ ।

यी दुई बीचको पछिल्लो खेलमा एट्लेटिको म्याड्रिड २-१ ले विजयी रहेको थियो । रियल र एट्लेटिको समान २३ अंकसहित तालिकाको क्रमश: तेस्रो र चौथो स्थानमा रहेका छन् ।

ला लिगामा आज खेलिने सम्पूर्ण खेलहरुको तालिका:

गेटाफे विरुद्ध आलाभेस – ५.४५ बजे

लेगानेस विरुद्ध बार्सिलोना – ९ बजे

सेभिल्ला विरुद्ध सेल्टा भिगो – ११.१५ बजे

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.