default_image

8 years ago

November 18, 2017

पिएसजी नान्टेसको सामना गर्दै

120 views

0 Bookmark

पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज पाँचौंमा रहेको नान्टेसको सामना गर्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार ९.४५ बजे सुरु हुने छ ।
Neymar Cavaniघरेलु टोली पिएसजीका लागि मिडफिल्डर थियागो मोट्टा चोटका कारण लामो समयका लागि बाहिरिएका छन् । त्यस्तै डिफेन्डर थोमस् म्युनियर र विङर जुलियन ड्राक्सलर पनि चोटका कारण खेलमा सहभागी हुने छैनन् ।

लिगको अघिल्लो खेलमा नेयमार प्रतिबन्धित थिए तर यस खेलमा भने किलियन बाप्पे र एडिन्सन काभानीलाई उनले अग्रपंक्तिमा साथ दिने छन् ।

डिजोनसँग १-० ले हारेको नान्टेस पछिल्लो खेलमा टुलुसलाई हराउन सफल भएको थियो । नान्टेसका कालिफी कुलिबाली घाइते छन् भने भ्यालेन्टिन रोन्जियर टोलीमा आगमन गर्ने छन् ।

पिएसजी नान्टेससँग पछिल्ला १३ खेल सबैमा विजयी रहेको छ । तर आफ्ना लिग खेलमा भने नान्टेस १० खेलमध्ये केवल एक खेलमा पराजित छ । यी दुई बीचको अघिल्लो खेलमा पिएसजी २-० ले विजयी रहेको थियो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.