8 years ago
November 18, 2017
लेस्टर (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । सिटीको जितमा ग्याब्रियल जेसस र केभिन डे ब्रुयनले गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटतिर सिटीले खेलमा अग्रता लिन सफल भएको थियो । डेभिड सिल्भाको पासमा पोस्ट नजिकैबाट जेससले गरेको प्रहार गोलमा परिणत भएको हो ।
त्यस्तै दोस्रो हाफको सुरुवाती केहि मिनेटमै सिटीले आफ्नो अग्रता दोब्बर पनि बनाएको थियो । लेरोय सानेको पासमा डे ब्रुयनले डि-बक्स बाहिरबाट गरेको प्रहारले सिधै पोस्टको दिशा लिएको थियो । सो गोलका साथै सिटीले खेलमा पूरा ३ अंक पनि सुनिश्चित गरेको थियो ।
यस जितसँगै म्यानचेस्टर सिटीले प्रिमियर लिगको अग्रस्थानमा आफ्नो पकड अझ बलियो बनाएको छ । यस सिजन लिगमा अपराजित रहेको सिटीको १२ खेलमा ३४ अंक रहेको छ भने १३ अंकसहित लेस्टर बाह्रौं स्थानमा यथावत् रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]