default_image

8 years ago

November 18, 2017

प्रिमियर लिगमा चेल्सीको जित, लिभरपुल पनि विजयी

115 views

0 Bookmark

वेस्ट ब्रोम (एजेन्सी) – प्रिमियर लिगमा साविक विजेता चेल्सीले वेस्ट ब्रोमलाई ४-० ले हराएको छ । चेल्सीको जितमा एडेन हाजार्डले दुई गोल गरेका थिए ।

चेल्सीले खेलको १७ औं मिनेटमै एल्भारो मोराटाको गोल मार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै एल्भारो मोराटाकै पासमा हाजार्डले आफ्नो टोलीको अग्रता दोब्बर बनाए भने डिफेन्डर मार्कोस अलोन्सोले ३८ औं मिनेटमा गोल गर्दै स्कोर ३-० बनाएका थिए ।

चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । सेस्क फ्याब्रिग्यासको पासमा खेलको ६२ औं मिनेटमा हाजार्डले फेरि गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए ।

त्यस्तै अर्को उपाधि दाबेदार मानिएको टोली लिभरपुलले पनि साउथह्याम्पटनलाई ३-० ले हराएको हो । लिभरपुलका लागि मोहम्मद सालाहले दुई गोल गरे भने ब्राजिलियन मिडफिल्डर फिलिप कौटिन्होले एक गोल गरेका थिए ।

यस जितका साथै चेल्सी तालिकाको दोस्रो स्थानमा उक्लेको छ भने लिभरपुल पाँचौं स्थानमा यथावत् रहेको छ ।

आजको प्रिमियर खेलहरुको नतिजा:

आर्सनल २-० टोटनह्याम

बोर्नमथ ४-० हडर्सफिल्ड

बर्नली २-० स्वान्सि सिटी

क्रिस्टल प्यालेस २-२ एभर्टन

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.