8 years ago
November 19, 2017
लेगानेस (एजेन्सी) – स्पेनिश ला लिगा अन्तर्गत अग्रस्थानमा रहेको बार्सिलोनाले लेगानेसलाई ३-० ले पराजित गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले दुई गोल गरे ।
बार्सिलोनाले खेलको २८ औं मिनेटमा लुइस स्वारेजको गोलमार्फत अग्रता लिन सफल भएको थियो । त्यस्तै ६० औं मिनेटमा खेलको आफ्नो दोस्रो गोल गर्दै स्वारेजले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
सो गोल स्वारेजको लिग सिजनको पाँचौं गोल थियो । त्यस्तै खेलको अन्तिम मिनेटतिर मिडफिल्डर पौलिन्होले थप गोल गर्दै पूरा ३ अंक सुनिश्चित गरेका थिए ।
यो जित बार्सिलोनाको लिगमा लगातार चौथो जित हो । १२ खेलमा ३४ अंकसहित बार्सिलोनाको पहिलो स्थानमा पकड बलियो बनेको छ । लेगानेस भने १७ अंकसहित तालिकाको नवौं स्थानमा झरेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]