8 years ago
November 19, 2017
पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ अन्तर्गत अग्रस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले नान्टेसलाई ४-१ ले पराजित गरेको छ । घरेलु टोलीको जितमा स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गरेका थिए ।
काभानीले खेलको ३८ औं मिनेटमा गोल गर्दै पिएसजीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२ औं मिनेटमा एन्जल डि मारियाले गरेको क्रस बल सिधै गोल हुँदै पिएसजीले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।
त्यस्तै नान्टेसका लागि प्रिजुस नाकुल्माले खेलको ६० औं मिनेटमा गोल गर्दै भ्रमणीय टोलीका लागि एक गोल फर्काएका थिए । तर जाभियर पास्टोरे र काभानीले पुन: गोल गर्दै पिएसजीका लागि जित सुनिश्चित गरेका थिए ।
यस जितसँगै पिएसजीले लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । अहिले पिएसजीको १३ खेलमा ३५ अंक रहेको छ । दोस्रोमा रहेको मोनाकोभन्दा अपराजित पिएसजी ६ अंकले अगाडि रहेको छ । यस्तै नान्टेस भने २३ अंक सहित पाँचौंमा यथावत् छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]