8 years ago
November 19, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको आज अन्तिम सेमिफाइनलमा ए डिभजन दुई टोली हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा गर्दैछन् । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा खेल दिउँसोको २ बजे सुरु हुने बताइएको छ ।
आर्मीको सिनियर टोली हिजो मात्र एपिएफलाई हराउँदै झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको थियो । यता चन्द्रागिरीमा भने जुनियर टोली सेमिफाइनलमा पुगेको थियो । अर्को ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई पेनाल्टीमा ५–३ ले हराउँदै आर्मीको बी टोली चन्द्रागिरी गोल्ड कपको सेमिफाइनलमा पुगेको थियो । हिमालयन शेर्पा अर्को ए डिभिजन क्लब नेपाल एपिएफको बी टोलीलाई ३–० ले हराएर अन्तिम चारमा पुगेको थियो ।
हिमालयनमा राष्ट्रिय टोलीका हेमन गुरुङ र मानबहादुर तामाङ तथा यू २३ का लक्ष्मण बिसी र यू १९ का कप्तान गोलकिपर अपर्ण कार्की रहेका छन् । आर्मीको जुनियर टोलीमा यू १९ का ४ खेलाडी रहेको बताइएको छ । आजको विजेताले उपाधिका लागि कुपण्डोलको अर्को ए डिभिजन टोली फ्रेण्डस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सिएमजी क्लब संकटालाई हिजो १–० ले हराएर फेन्ड्सले अन्तिम दुईको यात्रा तय गरेको थियो । फाइनल मंगबार हुने आयोजक ब्राइट युथ क्लबका अध्यक्ष रमेश बुढाथोकीले जानकारी दिए ।
नेपाल जनरल मार्केट (हिरा) को मुख्य प्रायोजन, चन्द्रागिरी नगरपालिका, युनाइटेड सिमेन्ट प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दास्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार पाउनेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]