8 years ago
November 19, 2017
सबिन शेर्मा
झापा – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीले आज झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कपको अन्तिम क्वार्टरफाइनलमा रुपन्देही ११ को सामना गर्दै छ । गत वर्ष चार वटा उपाधि जितेको मनाङको वर्षको यो पहिलो खेल हो ।
उता मोरङ ११ लाई ३–१ ले हराउँदै रुपन्देहीले अन्तिम आठको यात्रा तय गरेको थियो । मनाङ वाई पाएर सोझै क्वार्टरफाइनल खेल्ने तयारीमा छ । आजको खेलको विजेताले आयोजक सताक्षी धाम स्पोर्टिङ क्लबको सामना गर्नेछ । आयोजक टोलीमा राष्ट्रिय टोलीका विमल घर्तीमगर, अनन्त तामाङ र विक्रम लामा छन् ।
आज मनाङबाट राष्ट्रिय टोलीबाट हालै सन्यास लिएका अनिल गुरुङसहित विराज महर्जन, विशाल राई, कमल श्रेष्ठ उत्रने तयारीमा छन् । गत साता फिलिपिन्ससँगको खेलमा सामान्य चोट लागेपछि सुजल श्रेष्ठ खेल्नेमा भने शंका रहेको विराजले हाम्रो खेलकुद डटकमलाई बताए ।
रुपन्देहीबाट अमर डंगोल, विजय धिमाल, रजिन धिमाल, लक्ष्मण रुचाल, दीलिप क्षेत्रीलगायत विदेशी खेलाडी रहेका छन् । प्रतियोगितामा झापा ११ र त्रिभुवन आर्मी क्लब पनि सेमिफाइनल पुगिसकेका छन् । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रपैयाँ प्राप्त गर्नेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]