default_image

8 years ago

November 19, 2017

हिमालयन शेर्पा चन्द्रागिरी गोल्ड कपको फाइनलमा

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन टोली हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो ।

गोल गरेपछि खुसी साट्दै त्रिदेव गुरुङ (बायाँ) । विवेक सुवेदी/ हाम्रो खेलकुद

अब मंगलबार हुने फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभिजन क्लब फ्रेन्ड्सको सामना गर्नेछ । ५६ औं मिनेटमा त्रिदेव गुरुङले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । हिमालयनका गोलकिपरले रिजिल गरेको बलमा आर्मी रक्षकहरुका बीचमा तालमेल नमिलेपछि त्यसको फाइदा उठाउँदै त्रिदेवले चिपमा गोल गरेका थिए । आर्मीले राजधानीमा जुनियर टोली उतारेको थियो ।
आर्मीको सिनियर टोली हिजो मात्र एपिएफलाई हराउँदै झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको थियो । यता चन्द्रागिरीमा भने जुनियर टोली ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई पेनाल्टीमा ५–३ ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

हिमालयन शेर्पा अर्को ए डिभिजन क्लब नेपाल एपिएफको बी टोलीलाई ३–० ले हराएर अन्तिम चारमा पुगेको थियो ।हिमालयनमा राष्ट्रिय टोलीका हेमन गुरुङ र मानबहादुर तामाङ तथा यू २३ का लक्ष्मण बिसी र यू १९ का कप्तान गोलकिपर अपर्ण कार्की छन् । आर्मीमा जुनियर टोलीमा यू १९ का ४ खेलाडी रहेको बताइएको छ ।

ब्राइट युथ क्लबको आयोजना तथा नेपाल जनरल मार्केट (हिरा) को मुख्य प्रायोजन, चन्द्रागिरी नगरपालिका, युनाइटेड सिमेन्ट प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दास्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार पाउनेछन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.