8 years ago
November 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अर्को वर्ष हुने रसिया विश्व कप अघि सडक तथा असहाय बालबालिकाको निम्ति विश्व कप फुटबल आयोजना हुँदैछ । त्यहि विश्व कप कपका लागि नेपाली टोलीको आज घोषणा भएको छ ।
रसियामा हुने विश्व कपमा एरोन कार्की, मनवीर लामा, विकास तिमल्सिना, रोशन भुषाल, रमेश शाह, सचिन विके, सन्तोष खत्री, हर्ष ठकुरी र पवन शाहीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पाँच खेलाडीलाई वैकल्पिकमा राखिएको छ । सडक बालबालिकाको विश्व कप सन् २०१८ को मेमा हुनेछ ।
सडक बालबालिका तथा असहायको क्षेत्रमा काम गरिरहेको सेल्टर आश्रय नेपालले काठमाडौं आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली टोलीको घोषणा गरेको हो । सेल्टरले विश्वकपको लागि लक्षित गर्दै गत भदौमा त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सडक बालबालिकाको लिग फुटबल आयोजना गरेको थियो ।
सोही लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई बन्द प्रशिक्षणमा राखि तीन हप्ताको प्रशिक्षणपछि नेपाली टोलीको घोषणा गरिएको हो । सेभेन ए साइडको फम्र्याटमा हुने विश्वकप आगामी बर्षको मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा सडक तथा असहाय बालबालिकाको निम्ति विश्वकप फुटबल आयोजना हुदैछ ।
विश्वकपमा छात्र र छात्रा गरी १२–१२ टिमको सहभागिता रहेनेछ । २२ देशबाट २४ टिमको सहभागिता रहने यो विश्वकपमा नेपालले छात्र टिममा भाग लिन लागेको आयोजकले बताएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]