default_image

8 years ago

November 19, 2017

रियलको नजरमा अगुएरो

116 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले अर्को सिजनको ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरा भित्राउने प्रयास गर्ने सम्भावना बढेको छ । युरोपका विभिन्न सञ्चारमाध्यमले २९ वर्षे अर्जेन्टिनी स्ट्राइकरलाई म्याड्रिड भित्राउने रियलको योजना रहेको उल्लेख गरेको छ ।

Aguero
अघिल्लो साता मात्र अगुएरोले सन् २०१९ मा सिटीसँगको सम्झौता सकिएपछि नयाँ अनुभव बटुल्न अन्य विकल्प रोज्ने योजना सार्वजनिक गरेपनि उनी रियलमा जान सक्ने चर्चा सुरु भएको हो । २०११ मा ला लिगाको एट्लेटिको म्याड्रिडबाट सिटी पुगेका अगुएरो पुनः स्पेनिस लिगमा फर्किने सम्भावना बढेको हो ।

‘रियल र मिलान जस्ता क्लबले मलाई अवसर दिन इच्छुक रहेको थाहा पाए, , अगुएरोले गत साता अर्जेन्टिनासँग अन्तर्राष्ट्रिय टोलीमा रहँदा भनेका थिए,‘ मैले सिटीसँग थप १ वर्ष सम्झौता बढाउने प्रबन्ध रहेपनि म विकल्प खुला राख्न चाहन्छु । ’

रियलले अर्को सिजनको सुरुआतमा अगुएरोलाई भित्राउन ६० मिलियन युरोसम्म तिर्न तयार रहेको श्रोतहरुले जनाएका छन् । सिटीले उनको विकल्पमा आर्सनलका एलेक्सिस स्यान्चेजलाई भित्राउन सक्नेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.