default_image

8 years ago

November 20, 2017

यसै सिजन सम्झौताको अन्त्यमा पुग्ने चर्चित खेलाडीहरु

125 views

0 Bookmark

लन्डन (एजेन्सी)– सुपर स्टार लियोनल मेस्सी विनाको बार्सिलोना अकल्पनिय छ । तर उनको सिजनको अन्त्यसँगै बार्सिलोनासँगको सम्झौतापनि टुंगिदैछ । बार्सिलोना उनलाई नयाँ सम्झौताका लागि तयार पार्न पुरा कोसिसमा छ । तर त्यो सम्झौता हुने नहुने भविष्यले नै बताउनेछ । मेस्सी मात्र होइन अन्य चर्चित खेलाडीहरुपनि यसै सिजनको अन्त्यमा फ्रि एजेन्ट बन्दैछन् । कुनै समय चर्को मूल्यमा बिक्रि हुने यी खेलाडीहरु सिजनको समाप्तीसँगै सित्तैमा उपलब्ध हुनेछन् ।

मारियो बालोटेली (नीस)

Balo

म्यानचेस्टर सिटीमा युवा अवस्थामा चर्चामा रहेका बालोटेलीले दोस्रो पटक लिभरपुलबाट प्रिमियर लिगमा पाएको मौकाको सदुपयोग गर्न सकेनन् । खेल मैदान भन्दा बाहिर चर्चामा रहने इटालियन स्ट्राइकरले फ्रान्सेली क्लब नीसमा पुनः लय समातेका छन् । नीसमा ४२ खेलमा २६ गोल गरेका उनी सिजनको अन्त्यबाट त्यो क्लबसँगको उनको सम्झौता टुंगिनेछ । तसर्थ जनवरीमा उनको भविष्यको निर्णय हुने सम्भावना छ । बालोटेली पुन प्रिमियर लिगमा स्थापित हुँदै आलोचनालाई गलत पुष्टी गर्ने पक्षमा रहनेछन् ।

फ्रान्क रिबेरी (बायर्न म्युनिख)

बायर्न म्युनिखका रिबेरी यसै सिजन क्लबसँगको सम्झौताको अन्त्यमा पुग्दैछन् । ३४ वर्षे फ्रेन्च विंगर यो सिजन घुँडाको चोटको कारण मैदान बाहिर छन् । बायर्नसँग २२ उपाधि जितेका रिबेरी सिजनको अन्त्यमा फ्रि एजेन्ट हुनेछन् । बायर्नले नँया सम्झौताको प्रस्ताव नगरे युरोपका ठूला क्लब उनको पछि रहने निश्चित प्राय छ ।

आर्जेन रबेन (बायर्न म्युनिख)   

यो सिजनको अन्त्यमा बायर्नका अर्का विंगर रबेन पनि क्लबसँगको सम्झौताको अन्त्यमा पुग्दैछन् । जनवरीमा बायर्नसँग १ वर्षे सम्झौता नवीकरण गरेका रबेन सिजनको अन्त्यमा फ्रि एजेन्टको रुपमा उपलब्ध हुनेछन् ।

जियोर्जियो चिलिनी (युभेन्ट्स)

युभेन्ट्सका ३३ वर्षे सेन्टर डिफेन्डर चिलिनीको सिजनको अन्त्यसँग क्लबसँगको सम्झौता टुंगिनेछ । युभेन्ट्समा १२ सिजन र ४ सय ४७ खेलपछि फ्रि एजेन्ट बन्ने चिलिनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणासँगै क्लब फुटबलमा अझ केहि सिजन खेल्ने निश्चित छ ।

लियोनल मेस्सी (बार्सिलोना)

messi

मेस्सी सिजनको अन्त्यसँगै बार्सिलोनासँगको सम्झौताको अन्त्यमा पुग्दै छन् । विभिन्न श्रोतका अनुसार बार्सिलोना र मेस्सीबीच सम्झौता भैसकेपनि त्यसले औपचारिकता पाउन बाँकी रहने बताइएको छ । अर्जेन्टिनी स्ट्राइकर मेस्सीलाई गुमाउने दिने पक्षमा बार्सिलोनाले छैन । तसर्थ उनको र क्लबबीच नयाँ सम्झौता सार्वजनिक निकट रहेको बताइएको छ ।

सिजनको अन्त्यसँगै सम्झौता टुंगिने अन्य खेलाडीहरु  :  लियोन गोरेक्तजा (साल्के) , फाउजी घौलाम (नापोलि), हातेम बेन अर्फा (पिएसजी) , जोआ मौटिन्हो (मोनाको), जोसे मारिया गिमिनेज (एट्लेटिको म्याड्रिड),स्टेफेन डी भ्रिज (लाजियो)

 

 

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.