default_image

8 years ago

November 19, 2017

किरणको टोलीले डिपिएल जित्ने सम्भावना टुंगियो, न्यू रेडियन्ट च्याम्पियन

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस्ले धिवेही प्रिमियर लिग (डिपिएल) को यस पटकको उपाधि जित्ने सम्भावना टुंगिएको छ ।

उपाधि चुनौतिलाई जीवित राख्न जित्नै पर्ने अवस्थामा आइतबारको खेलमा उत्रेको टिसी स्पोर्टस् न्यू रेडियन्टसँग ३–२ ले पराजित भएको थियो । उक्त जित सँगै न्यू रेडियन्ट डिपिएल च्याम्पियन बनेको छ । अन्तिम एक खेल बाँकी रहँदै च्याम्पियन बनेको रेडियन्सको १३ खेलमा ३६ अंक पुगेको छ । टिसी स्पोर्टस् को समान खेलमा २९ अंक मात्र छ ।

गत साता एएफसी एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा भाग लिइएका किरण दुई दिनअघि मात्र किरण माल्दिभ्स पुगेका थिए । यो सफलतासँगै न्यू रेडियन्ट अर्को वर्ष आयोजना हुने एएफसी कपका लागि छनोट भएको छ । अब अर्को खेलको नतिजापछि मात्र किरणको टोलीको कुन स्थानमा रहने भने टुंगो लाग्नेछ । उनको टोली कम्तीमा तेस्रो स्थानमा रहने भने पक्का छ । २ खेल कम खेलेको माजियाको २४ अंक छ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.