default_image

8 years ago

November 20, 2017

झापालाई पराजित गर्दै आर्मी सताक्षी गोल्डकपको फाइनलमा

98 views

0 Bookmark

सबिन शेर्मा
झापाझापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज स्थानीय झापा आर्मीसँग ३-० ले पराजित भएको छ । आर्मीको जितमा ‘म्यान अफ द म्याच’ नवयुग श्रेष्ठले दुई गोल गरेका थिए ।


खेलको १२ औं मिनेटमा आर्मीले अग्रता लिन सफल भएको हो । सन्तोष तामाङको फ्रि-किकमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई खेलमा अग्रता दिलाएका थिए । त्यस्तै आर्मी पहिलो हाफमा थप एक गोल गर्न सफल भएको थियो ।

खेलको ३६ औं मिनेटमा जर्ज प्रिन्स कार्कीको पासमा नवयुगले फेरी गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफको ७८ औं मिनेटमा दिप लामाले गोल गर्दै स्कोर ३-० बनाए र आर्मीको जित सुनिश्चित पारेका थिए ।

यस जितसँगै आर्मी सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब र आयोजक सताक्षी धाम स्पोर्टिङ क्लबको विजेतासँग फाइनल खेल्नेछ ।

दोस्रो सेमिफाइनल भोली हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.