default_image

8 years ago

November 20, 2017

सेतीदेवी, श्री शंकर र भुम्रे विजयी

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कोकाकोला अन्तर स्कुल पुरुष तथा महिला फुटबल प्रतियोगितामा सेतीदेवी, श्री शंकर र भुम्रे विजयी भएका छन् ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा सिन्धुपाल्चोकको सेतीदेवी शारदा स्कुलले काठमाडौंको अमर स्कुललाई १–० ले पराजित गरेको हो । ६४ औं मिनेटमा प्रिती राईले गरेको गोल नै सेतीदेवीको जितमा निर्णायक बन्यो ।

अर्काे खेलमा श्री शंकर सरस्वती, कैलालीले श्री दुर्गा सेकेण्डरी स्कुल रौतहटमाथि ३–२ को कठिन जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा श्री शंकरकी गोमा थापाले २० औं मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाएकी थिईन् ।

रश्मी कुमारी घिसिङले ४४ औं मिनेटमा अग्रता दोब्बर पारेकी थिईन् । इश्वारी रावलले ५० औं मिनेटमा अर्काे गोल थप्दै टोलीलाई ३–० को सहज स्थितिमा राखेकी थिईन् । तर दुर्गा सेकेण्डरी स्कुलका सविता राना मगर र रेखा पौडलले गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै अर्काे खेलमा स्याङ्जाको भुम्रे सेकेण्डरी स्कुलले छहारी शिक्षा सदनलाई ७-० को फराकिलो अन्तरले हरायो । भुम्रेको सहज जितमा सुनिता कुमाल र उदया थापाले समान २–२ गोल गरे । सरस्वती हमाल र दमान्ती पंगेनीले १–१ गोल गर्दा एक गोल भने आत्मघाती गोल रह्यो ।

यस्तै पुरुषतर्फ गजुरमुखी स्कुल तेस्रो भएको छ । तेस्रो स्थानको लागि भएको खेलमा गजुरमुखीले महेन्द्र मेमोरियल एकेडेमीलाई सडनडेथमा ५–४ ले पराजित गर्‍यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.