8 years ago
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल मंगलबार हुँदैछ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्डस कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच खेलिने छ ।
पछिल्लो समय एन्फाको कारबाहीमा परेयता फ्रेण्डस कुनै पनि नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल्न लागेको यो पहिलो पटक हो ।फ्रेण्डसले गत भदौमा भएको जेसिस कपपछि फुटबलमा पुनरागमन गरेको थियो । त्यसयता फ्रेण्डसको यो दोस्रो ठुलो प्रतियोगिता हो ।
जेसिस कपमा फ्रेण्डस सेमिफाइनलसम्म पुग्न सफल भएको थियो । फ्रेण्डस मंगलबार हिमालयन शेर्पाविरुद्ध उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पछिल्लो समय घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको सिएमजी क्लब संकटालाई सेमिफाइनलमा पराजित गरेर हौसिएको फ्रेण्डस त्यही जितलाई निरन्तरता दिने दाउमा हुने छ ।
‘हामीसँग विदेशी खेलाडी बाहेक सबै आफ्नै उत्पादनका खेलाडी हुन् । उनीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसैले हामी उपाधि जित्न सक्षम छौँ ।’ फ्रेण्डसका म्यानेजर रविन व्यन्जनकारले भने, ‘अनुभवी र ‘ए’ डिभिजन खेल्ने कुनै पनि खेलाडी नभए पनि हामीले संकटालाई पराजित गरेर आफ्नो क्षमता देखाइसकेका छौं । भोलि पनि शेर्पालाई पराजित गर्ने लक्ष्य हुनेछ ।’
यस्तै म्यानेजर व्यन्जनकारले शेर्पालाई सहज रुपमा नलिने बताएका छन् । फ्रेण्डसले बुटवलमा भएको तिलोत्तमा गोल्डकप जितेयता कुनै पनि नकआउट फुटबल प्रतियोगिता जित्न सकेको छैन । फ्रेण्डसले यसअघि बुढा सुब्बा गोल्डकप र इटहरी गोल्डकपमा पनि फाइनलमा पुग्न सफल भएको थियो ।’
यस्तै प्रतिद्धन्द्धी क्लब हिमालय शेर्पाले पनि करिब ४ वर्षको दौरानपछि पहिलो पटक फाइनल खेल्दैछ । टिमका प्रशिक्षक नवीन पाण्डेले मंगलबारको फाइनल खेल ऐतिहासिक हुने बताउँदै आफ्नो टोली फ्रेण्डससँगको खेलका लागि शारीरिक र मानसिक रुपमा तयार रहेको बताएका छन् ।
‘हामीलाई सेमिफाइनलसम्म मात्र पुग्ने टोली भनेर चिनिन्थ्यो । आज त्यो तोडिएको छ । हामी फाइनलका लागि तयार छौं ।’ प्रशिक्षक पाण्डेले भने, ‘हामी कुनै प्रेसर नलिइकन खेल्नेछौं । हार-जित आफ्नो ठाउँमा छ । फुटबललाई कसरी इन्जोए गर्ने भन्ने मात्र हो ।’ यस्तै प्रशिक्षक पाण्डेले मिहेनत गरेर टिम निर्माण गरिएको बताउँदै युथ टोलीले मंगलबार राम्रो फुटबल खेल्ने विश्वास व्यक्त गरे ।
खेल दिउसो १ बजे नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा सुरु हुनेछ । कुनै पनि नकआउट फुटबल प्रतियोगितामा फ्रेण्डस र हिमालयन शेर्पा फाइनलमा भिड्न लागेको यो पहिलो पल्ट हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नैकापको ब्राइट युथ क्लबको आयोजनामा कात्तिक २८ गतेबाट भएको प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको हो । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले पनि प्रायोजन गरेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]