8 years ago
November 21, 2017
निकोसिया (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’ अन्तर्गत आज राति साविक विजेता रियल म्याड्रिड एपोएल निकोसियाको सामना गर्ने छ । निकोसियाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ ।

रियल म्याड्रिडले आफ्नो पछिल्लो समूह चरणको खेल इङ्ग्लिस टोली टोटनह्यामसँग ३-१ ले गुमाएको थियो । त्यस्तै आफ्नो घरेलु लिगमा पनि रियल खराब लयबाट गुज्रिरहेको छ । त्यसैले यस खेलमा समूहको पछारमा रहेको निकोसियालाई हराउँदै लयमा फर्किने रियलको लक्ष्य हुने छ ।
रियल म्याड्रिड फेरी पनि आफ्नो पहिलो रोजाईको गोलकिपर केलर नाभासबिनै मैदानमा उत्रिने छ । ग्यारेथ बेल पनि घाइते रहेकाले खेलमा सहभागी हुने छैनन् । त्यस्तै ड्यानियल कार्जाभाल भने फिट छन् भने सर्जियो रामोसको नाक भाचिएको कारण उनलाई विश्राम दिने सम्भावना रहेको छ ।
निकोसियाका लागि भने सबै पहिलो रोजाईका खेलाडि फिट रहेका छन् । रियलले निकोसिया विरुद्धको आफ्नो पछिल्ला तीनै खेल जितेको छ भने च्याम्पियन्स लिगमा निकोसिया आफ्ना पछिल्ला ५ खेलमा जितविहीन रहेको छ ।
हाल रियलको ४ खेलमा ७ अंक रहेको छ भने निकोसियाको २ अंक छ । समूहको शीर्ष स्थानमा १० अंकसहित टोटनह्याम रहेको छ भने बोरुसिया डर्टमन्डको पनि २ अंक रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]