default_image

8 years ago

November 21, 2017

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी फेयेनूर्डको सामना गर्दै

163 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – यस सिजन निकै राम्रो लयमा रहेको म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको समूह ‘एफ’मा फेयेनूर्डको सामना गर्दै छ । सिटीको घरेलु मैदान एटिहाड स्टेडियममा खेलिने सो खेल नेपाली समय अनुसार १.३० बजे सुरु हुने छ ।


म्यानचेस्टर सिटीले आफ्नो समूह चरणको चारै खेल जितेको छ र १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै फेयेनूर्ड भने चारै खेल गुमाउँदै तालिकाको पछारमा रहेको छ ।

म्यानचेस्टर सिटीका लागि डिफेन्डर जोन स्टोन्स घाइते भएका छन् भने कप्तान भिन्सेन्ट कम्पनी भने मैदानमा फर्केका छन् । अर्को चरणमा प्रवेश गरिसकेको कारण आज घरेलु टोलीले आफ्नो दोस्रो रोजाईको खेलाडि खेलाउने सम्भावना रहेको छ ।

त्यस्तै अर्को प्रिमियर लिग टोली टोटनह्यामले च्याम्पियन्स लिगमा खराब लयमा रहेको बोरुसिया डर्टमन्डको सामना गर्ने छ । टोटनह्यामका डिफेन्डर टोबी एल्डरवेरल्ड घाइते छन् भने डर्टमन्डका क्रिस्टियन पुलिसिच र सोक्राटिस चोटका कारण नखेल्ने सम्भावना रहेको छ ।

च्याम्पियन्स लिगमा खेलिने आजका सम्पूर्ण खेलहरु:

बेसिक्टास विरुद्ध पोर्टो – १०.४५ बजे

स्पार्टाक मस्को विरुद्ध मारिबोर – १०.४५ बजे

सेभिल्ला विरुद्ध लिभरपुल – १.३० बजे

मोनाको विरुद्ध आरबी लेपजिग -१.३० बजे

नेपोली विरुद्ध शाख्तार डोनेस्क – १.३० बजे

एपोएल निकोसिया विरुद्ध रियल म्याड्रिड – १.३० बजे

बोरुसिया डर्टमन्ड विरुद्ध टोटनह्याम – १.३० बजे

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.