8 years ago
November 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल आज खेलिँदै छ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्ड्स कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच हुँदैछ ।
खेल नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा खेलिँदै छ । कुनै पनि नकआउट फुटबल प्रतियोगितामा फ्रेण्ड्स र हिमालयन शेर्पा फाइनलमा भिड्न लागेको यो पहिलो पल्ट हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
नैकापको ब्राइट युथ क्लबको आयोजनामा कात्तिक २८ गतेबाट भएको प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको हो । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले पनि प्रायोजन गरेका छन् ।
दुवै टोलीको सुरुवाती ११:
हिमालयन शेर्पा : मन बहादुर तामाङ, हेमन गुरुङ, लक्ष्मण जीसी, भिसन गुरुङ, त्रिदेव गुरुङ, साहिद मोर्गन, अर्पण कार्की, अोबोला मेस्सी, चेतन थारु, दिबस उराउ, सेड्रिक आब
फ्रेण्ड्स : आशिष थाडा मगर, सेगुन, जनक कोइराला, आशिष केसी, समिर विष्ट, अनिल महर्जन, लवाल, रुमेश बर्दौला, ग्लोरी, धिराज श्रेष्ठ,
प्याट्रिक
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]