8 years ago
November 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा भएको फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभजन टोली फ्रेन्ड्स क्लब क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो ।
अफ्रिकन मुलका लावलले ६१ औं मिनेटमा खेलको पहिलो गोल गर्दै फ्रेण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । तर ६८ औं मिनेटमा फ्रेण्ड्सका रुमेस बर्तौलाले दोस्रो पहेंलो खाँदै बाहिरिएको फाईदा उठाउँदै हिमालयन शेर्पाले ९० औं मिनेटमा खेल बराबरी गर्यो ।
शेर्पाका लागि बिशन गुरुङले गोल गरेका थिए । नियमित समय बराबरीमा टुङ्गिएपछि खेल एक्स्ट्रा समयमा पुगेको थियो । एक्स्ट्रा समयको आठौँ मिनेटमा शेर्पाका पियुस हेनरीलेले गोल गर्दै खेललाई उल्ट्याएका थिए । त्यस्तै खेलको ११८ औं मिनेटमा शेर्पाका सेड्रिक अवाले गोल गर्दै आफ्नो टोलीको उपाधि सुनिश्चित पारेका थिए ।
हिमालयन शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । पछिल्लो समय घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको सिएमजी क्लब संकटालाई सेमिफाइनलमा पराजित गरेर फ्रेण्ड्स फाइनलमा पुगेको थियो । फ्रेन्ड्ससँगै एन्फा कारवाहीमा परेको हिमालय शेर्पाले पनि करिब ४ वर्षको दौरानपछि पहिलो पटक फाइनल खेल्दैछ । हिमालयन शेर्पाले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
दोस्रो भएको फ्रेन्ड्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । नैकापको ब्राइट युथ क्लबको आयोजनामा कात्तिक २८ गतेबाट भएको प्रतियोगितालाई नेपाल जनरल मार्केट हिरोले मुख्य प्रायोजन गरेको हो । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले पनि प्रायोजन गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]