8 years ago
November 21, 2017
सबिन शेर्मा
झापा – मनाङ मर्स्याङ्दी क्लबले आयोजक सताक्षी धाम स्पोर्टिङ क्लबलाई २-१ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । मनाङले फाइनलमा विभागीय टोली आर्मीको सामना गर्ने छ ।

मनाङले खेलको चौथो मिनेटमै अग्रता लिन सफल भएको थियो । विशाल रानाको पासमा विमल रानाले गोल गर्दै स्कोर १-० बनाएका थिए । त्यस्तै आयोजकका लागि रेजिन सुब्बाले २७ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए ।
खेलको ८७ औं मिनेटमा ‘म्यान अफ द म्याच’ विशाल राईले निर्णायक गोल गर्दै मनाङको फाइनलमा स्थान सुनिश्चित गरेका थिए । आयोजक सताक्षी धामले पनि खेलभरि थुप्रै अवसरहरु पाएका थिए तर तिनको सदुपयोग भने गर्न सकेको थिएन ।
खेलको २१ औं मिनेटमा विमल घर्ती मगरको प्रहार पोस्टमा लागेर समेत फर्किएको थियो । बाहिरिएको आयोजक टोलीबाट आज अनन्त तमाङ, विक्रम लामा र विशाल श्रेष्ठ लगायत राष्ट्रिय खेलाडिहरु खेलेका थिए ।
अब मनाङले फाइनलमा आर्मीको सामना गर्ने छ । आर्मीले सेमिफाइनलमा झापालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल खेल विहीबार खेलिने छ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]