default_image

8 years ago

November 21, 2017

रौतहटको दुर्गा सेकेण्डरी स्कुल सेमिफाइनलमा

129 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रौतहटको श्री दुर्गा सेकेण्डरी स्कुल राजधानीमा जारी कोकाकोला कप अन्तरविद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत छात्रातर्फको सेमिफाइनलमा पुग्न सफल भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा दुर्गा सेकेण्डरी ब्राइट फ्युचरलाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । दुर्गा सेकेण्डरी स्कुलको जितमा रश्मी कुमारी घिसिङले ह्याट्रिकसहित ५ गोल गरिन् । निकिता थोकर र सविता रानामगरले १–१ गोल थपे ।

दुर्गा सेकेण्डरी स्कुलको जितसँगै सेमिफाइनलमा पुग्ने सबै चार टोलीको टुङ्गो लागेको छ । सेमिफाइनल पुग्ने टोलीमा सिन्धुपाल्चोकको सेतीदेवी शारदा मावि, कैलालीको श्री शंकर सरस्वती र स्याङ्जाको भुम्रे स्कुल रहेका छन् ।

मंगलबार भएका अन्य खेलहरुमा अमर इंग्लिस स्कुलले नेपालय इंग्लिस स्कुललाई ३–१ ले तथा श्री आदर्शले छहारी शिक्षा सदनलाई ६–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.