8 years ago
November 22, 2017
निकोसिया (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एच’अन्तर्गत साविक विजेता रियल म्याड्रिडले एपोएल निकोसियामाथि ६-० को शानदार जित दर्ता गरेको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाले दुई-दुई गोल गरेका थिए ।
रियलले खेलको २३ औं मिनेटमा लुका मोड्रिचको बक्स बाहिरबाट प्रहार गरिएको सुन्दर गोलद्वारा खेलमा अग्रता लिएको थियो । त्यस्तै टोनि क्रुसको पासमा बेन्जेमाले ३९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।
पहिलो हाफमा नाचो र बेन्जेमाले पुन: गोल गर्दै स्कोर ४-० बनाएका थिए । दोस्रो हाफमा रियल दुई गोल गर्न सफल रह्यो र ती दुवै गोल रोनाल्डोको नाममा रहन पुग्यो । खेलको ४९ औं मिनेटमा रोनाल्डोले आफ्नो पहिलो गोल गरे भने ५४ औं मिनेटमा दोस्रो गोल गर्दै स्कोर ६-० बनाए र आफ्नो टोलीको जित पनि सुनिश्चित गरे ।
यस जितसँगै रियलको ५ खेलमा १० अंक रहेको छ र रियल अर्को चरणमा पनि छनोट हुन सफल भएको छ । रियलले आफ्नो समूह चरणको अन्तिम खेलमा बाहिरिसकेको बोरुसिया डर्टमन्डको सामना गर्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]