8 years ago
November 22, 2017
म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘एफ’अन्तर्गत इङ्ग्लिस टोली म्यानचेस्टर सिटीले फेयेनूर्डलाई १-० ले हराएको छ । सिटीको जितमा निर्णायक गोल रहिम स्टेर्लिङले गरेका थिए ।
यस जितसँगै सिटीको ५ खेलमा १५ अंक रहेको छ र समूहको विजेता हुने पनि पक्का भएको छ । समूहको अन्य खेलमा नेपोलीले शाख्तार डोनेस्कलाई ३-० ले हराएको थियो । शाख्तारको ९ अंक रहेको छ भने नेपोलीको ६ अंक छ । फेयेनूर्ड भने अंकविहीन रहँदै समूहको पुछारमा रहेको छ ।
त्यस्तै अर्को इङ्ग्लिस टोली टोटनह्यामले बोरुसिया डर्टमन्डमाथि २-१ को जित हात पारेको छ । टोटनह्यामका लागि ह्यारी केन र हिउङ मिन सनले गोल गरेका थिए । घरेलु टोली डर्टमन्डका लागि एक गोल पियर एम्रिक अबामेयाङले गरेका थिए । टोटनह्याम पहिले नै अन्तिम १६ मा छनोट भइसकेको थियो ।
यसैगरी समूह ‘ई’मा ३-० को अग्रता लिएको लिभरपुल दोस्रो हाफमा ३ गोल खाँदै सेभिल्लासँग रोकिन पुग्यो । लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई गोल र साडियो मानेले एक गोल गरेका थिए ।
गए राति च्याम्पियन्स लिगका अन्य खेलहरुको नतिजा:
बेसिक्टास १-१ पोर्टो
स्पार्टाक मस्को १-१ मेरिबोर
मोनाको १-४ आरबी लेपजिग
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]