default_image

8 years ago

November 22, 2017

च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टसको सामना गर्दै

116 views

0 Bookmark

टुरिन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत आज दुई बलिया टोली बार्सिलोना र युभेन्टस एकआपसमा भिड्दै छन् । युभेन्टसको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ ।

Barcelona

बार्सिलोनाका लागि डिफेन्डर जेरार्ड पिके प्रतिबन्धबाट फर्किँदै छन् । आन्द्रेस इनिएस्टा फिट रहेका छन् भने जाभिएर मासेरानो र सर्जी रोबर्टो भने घाइते रहेकाले खेलमा सहभागी हुने छैनन् ।

युभेन्टसका बेनेडिक्ट हावडेस र मेधि बेनासिया घाइते छन् । युभेन्टस समूहको ४ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने १० अंकसहित बार्सिलोना पहिलोमा रहेको छ । यही समूहमा स्पोर्टिङ (४ अंक) र ओलम्पियाकोस (१ अंक) पनि रहेका छन् ।

युभेन्टस आफ्नो पछिल्लो १९ च्याम्पियन्स लिग खेलमा केवल दुईमा पराजित भएको छ भने बार्सिलोना आफ्ना अघिल्ला ५ खेलमा अपराजित रहेको छ । यो साता आफ्नो घरेलु लिगमा बार्सिलोनाले लेगानेसलाई ३-० ले हराएको थियो भने युभेन्टस साम्पडोरियासँग ३-२ ले पराजित भएको थियो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.