default_image

8 years ago

November 22, 2017

च्याम्पियन्स लिगमा पिएसजी सेल्टिकको सामना गर्दै

157 views

0 Bookmark

पेरिस (एजेन्सी) – यस सिजन निकै राम्रो लयमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज राति च्याम्पियन्समा सेल्टिकको सामना गर्दै छ । पिएसजीको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार १.३० बजे सुरु हुने छ ।

Paris Saint-Germain's Uruguayan forward

घरेलु टोलीका लागि थियागो मोट्टा घाइते रहेका छन् भने थोमस म्युनियर र जुलियन ड्राक्सलर नखेल्ने सम्भावना रहेको छ । सेल्टिकका लागि एन्थोनी राल्सटोन र प्याट्रिक रोबर्ट्स घाइते रहेकाले खेलमा सहभागी हुने छैनन् ।

पिएसजीको ४ खेलमा चारै जितका साथ १२ अंक रहेको छ भने सेल्टिकको ३ अंक रहेको छ । समूह ‘बि’कै अन्य खेलमा एन्डरलेक्ट र बायर्न म्युनिख पनि भिड्दै छन् ।

त्यस्तै इङ्ग्लिस च्याम्पियन चेल्सीले समूह ‘सि’मा काराबागको सामना गर्ने छ । त्यस्तै म्यानचेस्टर युनाइटेड समूह ‘ए’मा बासेलसँग भिड्दै छ ।

आज राति च्याम्पियन्स लिगमा खेलिने अन्य खेलहरुको तालिका:

मस्को विरुद्ध बेनिफिका – १०.४५ बजे

काराबाग विरुद्द चेल्सी – १०.४५ बजे

एट्लेटिको म्याड्रिड विरुद्ध रोमा – १.३० बजे

बासेल विरुद्ध म्यानचेस्टर युनाइटेड – १.३० बजे

एन्डरलेक्ट विरुद्ध बायर्न म्युनिख -१.३० बजे

बार्सिलोना विरुद्ध युभेन्टस – १.३० बजे

स्पोर्टिङ विरुद्ध ओलम्पियाकोस – १.३० बजे

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.