default_image

8 years ago

November 22, 2017

पुलिस काकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा

145 views

0 Bookmark

कारकभिट्टा (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले मोसफलको सर्वाधिक पुरस्कार राशीको मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कारकरभिट्टा माविको मैदानमा आज भएको खेलमा पुलिसले भारत कोलकताको सुभास चन्द्र ब्वाइज क्लबलाई ४–० ले हराएको थियो ।

जितसँगै पुलिस सेमिफाइनल पुगेको छ । राजधानीमा हिजो सम्पन्न चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको पुलिसको जितमा तीर्थ रानामगरले २ तथा भोला सिलवााल र तेज तामाङले समान १ गोल गरे । दुई गोल गरेका तीर्थ खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।

आयोजक काकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरसहित प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सर्वाधिक पुरस्कार राशी भनिएको मेची नेत्रालय काकरभिट्टाको ८ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ४ लाख १ हजार रुपैयाँ पाउनेछ ।

काकरभिट्टा गोल्ड कपमा बिहीबारको खेल
एपिएफविरुद्ध अग्नी रुपन्देही

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.