8 years ago
November 23, 2017
पेरिस (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तर्गत पेरिस सेन्ट जर्मन (पिएसजी) ले सेल्टिकमाथि ७-१ को जित दर्ता गरेको छ ।पिएसजीको जितमा नेयमार र एडिन्सन काभानीले दुई-दुई तथा किलियन बाप्पेले एक गोल गरेका थिए ।
मुसा डेम्बेलेको प्रहारद्वारा सेल्टिकले पहिलो मिनेटमै आश्चर्यजनक अग्रता लिएको थियो । तर नवौं र २२ औं मिनेटमा गोल गर्दै नेयमारले टोलीलाई खेलमा फर्काएका थिए ।
त्यस्तै नेयमारको पासमा काभानीले गोल गर्दै स्कोर ३-१ बनाए भने चौथो गोल बाप्पेले ३५ औं मिनेटमा गरेका थिए । दोस्रो हाफमा पिएसजी थप तीन गोल गर्न सफल रह्यो ।
मार्को भेराट्टिले ७५ औं मिनेटमा गोल गरे भने त्यसको चार मिनेटमा काभानीले आफ्नो दोस्रो र टोलीको छैठौं गोल गरे । काभानीको गोल लगत्तै ड्यानि एल्भेसले डि-बक्स बाहिरबाट सुन्दर प्रहार गर्दै स्कोर ७-१ बनाएका थिए ।
पिएसजीको ५ खेलमा १५ अंक रहेको छ । शतप्रतिशत नतिजा कायम गर्दै पिएसजीले २४ गोल पनि गरिसकेको छ । सेल्टिक भने यस हारसँगै समूह चरणबाट बाहिरिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]