8 years ago
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लबले प्रधान सेनापति पाँचौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक समेत रहेको अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई आज ३–२ ले हराउँदै एपिएफले उपाधि जितेको हो ।
सावित्रा भण्डारीको गोलबाट दोस्रो मिनेटमै एपिएफले अग्रता लिएको थियो । ३२ औं मिनेटमा सपना लामाले गोल गर्दै आर्मीलाई खेलमा फर्काएको थियो । रेनुका राना ४२ औं मिनेट एपिएफले पुन अग्रता लिएको थियो ।
सजना रानाले ६९ औं मिनेटमा गोल थप्दै एपिएफको अग्रतालाई फराकिलो पारेकी थिइन् । आर्मीका लागि कृष्णा खत्रीले इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेपनि टोलीको हार जोगिएन ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]