default_image

8 years ago

November 23, 2017

बाल र्सिजनालय र दुर्गा देवीलाई कोकाकोला कप उपाधि

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि छात्रको बाल सिर्जनालय काडमाडौं र छात्राको दुर्गा देवी सेकेण्डरी स्कुल रौतहटले जितेको छन् ।

 

एन्फा कम्म्लेक्समा बिहीबार भएको फाइनल खेलमा एभरेष्ट स्कुललाई १–० ले हराउँदै सिर्जनालयले उपाधि जितेको हो । खेलको ७२ औं मिनेटमा आले मगरले गरेको गोल खेलको निर्णायक बनेको थियो ।

स्याङ्जाको भुम्रे माध्यमिक स्कुललाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै दुर्गा माविले उपाधि जितेको हो । दुर्गाका लागि निकिता थोकरले ह्याट्रिक सहित ४, रश्मी कुमार घिसिङले २ र दिलकुमारी राना मगरले १ गोल गरिन् ।
छात्रातर्फ सेतीदेवी सार्दाले श्री शंकर स्वरस्वती स्कुललाई पेनाल्टी सुटआउटममा ३–२ ले पराजित गर्दै तेस्रो स्थान हात पा¥यो । दुवै उपाधि विजेताले समान ३–३ लाख रुपैया प्राप्त गरे । दोस्रो हुने दुवै टिमले समान १–१ लाख तथा तेस्रो भएको दुवै टिमले ५०–५० हजार रुपैया प्राप्त गरे ।

छात्रातर्फ दुर्गादेवीकी निकिता थोकर उत्कृष्ट स्ट्राइकर घोषित भए । डिफेन्डरमा श्री शंकरकी सुरक्षा सिंह, मिडफिल्डरमा सेतिदेवीकी प्रिति राई, गोलकिपरमा भुम्रेकी सावित्री किशान घोषित भइन् । उत्कृष्ट प्रशिक्षकमा दुर्गा स्कुलका नोरराज काफ्ले घोषित भए । शंकर सरस्वती स्कुल अनुशाषित टिम चुनिए ।

यस्तै, छात्रतर्फको उत्कृष्ट गोलरक्षकमा बाल सिर्जनालयका सुरेश लामा, डिफेन्डरमा एभेरेष्ट स्कुलका आकाश श्रेष्ठ, मिडफिल्डरमा बाल सिर्जनालयका अनिल लामा, फरवार्डमा भानुभक्त मेमोरियलका एन्जल भण्डारी घोषित भए । उत्कृष्ट प्रशिक्षकमा बाल सिर्जनालयका अमर शेर्पा र अनुसाशित टिममा स्कोलर्स होम इंग्लिस बोर्डिङ स्कुल अनुशाषित टोली घोषित भयो ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.