8 years ago
November 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ए डिभिजन डर्बीमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले हराउँदै आर्मी वर्षको दोस्रो उपाधि जितेको छ ।
आर्मीले वैशाखमा विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो । मनाङ वर्षको दोस्रो उपाधि जित्नबाट विमुख रह्यो । मनाङले भदौंमा जेसिस गोल्ड कप जितेको थियो । झिलझिलेमा आज आर्मीका लागि जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठले गोल गरे । मनाङका लागि अनिल गुरुङले गोल गरे ।
जर्ज प्रिन्सले १८ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । नवयुगलाई मनाङका सोलेले फाउल हानेपछि आर्मीले फ्रिकिक पाएको थियो । नवयुगले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै आर्मीको अन्तरलाई दोब्बर पारे । ६१ औं मिनेटमा मनाङका कप्तान अनिलले गोल फर्काएका थिए ।
मनाङ सर्वाधिक गत वर्षको सफल टोली हो । टोलीले ४ उपाधि जितेको थियो । आर्मी र सिएमजी क्लब संकटाले समान ३ उपाधि जितेका थिए । गत वर्ष तीन फाइनल खेलेमध्ये आर्मीले २ र मनाङले एउटा उपाधि जितेको थियो ।
सताक्षी धाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेता आर्मीले उपाधिसहित ५ लाख र मनाङले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
सताक्षी गोल्ड कप फुटबल प्रतियोगितामा
सर्वोत्कृष्ट खेलाडी – विशाल राई (मनाङ)
उत्कृष्ट गोलकिपर – विकेश कुथु (आर्मी)
उत्कृष्ट रक्षक – सुमन आर्याल (आर्मी)
उत्कृष्ट मिडफिल्ड – डोना थापा (मनाङ)
उत्कृष्ट फरवार्ड – जर्ज प्रिन्स कार्की (आर्मी)
उत्कृष्ट प्रशिक्षक – नवीन न्यौपाने (आर्मी)
सर्वोत्कृष्टले ५० हजार, विधागत उत्कृष्टले समान २० र उत्कृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ प्राप्त गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]