8 years ago
November 24, 2017
जुरिच (एजेन्सी) – फिफाले हिजो मात्र सार्वजनिक गरेको वरियतामा नेपाल १७६ औं स्थानबाट १७० औं स्थानमा उक्लेको छ । फिफाको पहिलो वरियतामा भने जर्मनी यथावत रहेको छ ।
फिफा वरियतामा नेपालले फिजी, क्यामबोडिया र मलेसियालाई उछिन्दै १७० औं स्थान हांसिल गरेको छ । दक्षिण एसियामा भने नेपाल चौथो स्थानमा यथावत रहेको छ ।
दक्षिण एसियाली राष्ट्रहरुमध्ये भारत (१०५ औं), अफगानिस्तान (१४७ औं) र माल्दिभ्स (१५७ औं) नेपालभन्दा अगाडि रहेका छन् । त्यस्तै भुटान (१८५ औं), बंग्लादेश (१९२ औं), श्रीलंका (२०० औं) र पाकिस्तान (२०१ औं) नेपालभन्दा पछि रहेका छन् ।
शीर्ष १० वरियतामा क्रमश: जर्मनी, ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, बेल्जियम, स्पेन, पोल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स र चिली रहेका छन् । त्यस्तै विश्वकपमा छनोट हुन असफल इटाली चौधौं स्थानमा छ भने इङ्ग्ल्यान्ड पन्ध्रौंमा रहेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]