8 years ago
November 24, 2017
बार्सिलोना (एजेन्सी) – स्पेनिस क्लब बार्सिलोनाले आफ्नो टोली र विशेषगरी मिडफिल्ड बलियो बनाउन अर्को सिजन एक स्टार खेलाडिलाई भित्र्याउन खोजिरहेको बुझिन्छ । फिलिप कौटिन्होलाई लिभरपुलले छोड्न नमानेपछि अहिले बार्सिलोना विकल्पहरुको खोजिमा छ ।
स्पेनिस पत्रिका मन्डो डेपोर्टिभोका अनुसार बार्सिलोनाले अहिले आर्सनलका मिडफिल्डर मेसुट ओजिललाई भित्र्याउन प्रयासरत रहेको छ । ओजिलको आर्सनलसँगको अनुबन्ध पनि यस सिजनपछि सकिँदै छ ।
फुटबल विश्लेषकहरुका अनुसार ओजिललाई बार्सिलोनाले किन्न कौटिन्होभन्दा सजिलो रहेको छ । ओजिलको मुल्य कौटिन्होको भन्दा निकै कम रहेको जनाइएको छ । लिभरपुलले कौटिन्होलाई एक सय मिलियन पाउन्डभन्दा कममा नबेच्ने भनेको थियो । तर ओजिललाई बार्सिलोनाले ५० मिलियनको हाराहारीमा किन्न सक्ने छ ।
ओजिल सन् २०१३ देखि आर्सनलसँग आबद्ध छन् । त्योभन्दा पहिले उनले ४ वर्ष रियल म्याड्रिडमा पनि बिताएका थिए । सुन्दर पासहरुका लागि जानिने ओजिल २०१४ का विश्वकप विजेता पनि हुन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]