default_image

8 years ago

November 24, 2017

‘मेस्सी बार्सिलोनामै रहनेछन्’

123 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका डेनिस स्वारेजले सुपर स्टार लियोन मेस्सी आउने थ्रुपै वर्ष क्लबमै रहने दाबी गरेका छन् । स्वारेजले भनेका छन्, ‘बार्सिलोना उनको जीवन हो ।’ खेलकुद इतिहासकै उत्कृष्ट खेलाडीमध्येका एकका रुपमा हेरिएका ३० वर्षे मेस्सीले बार्सिलोनासँग अझै सम्झौता भने गर्न बाँकी छ । उनको अहिलेको सम्झौता सन् २०१८ को जुन सम्म रहेको छ ।

बार्सिलोना बोर्डले भने उनको सम्झौता २०२१ सम्म पक्का भएको बताएका छन् । यद्दपी त्यो औपचारिक रुपमा सार्वजनिक हुन भने बाँकी रहेको छ । पछिल्लो समय उनी पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर सिटी वा चाइजिन सुपर लिग क्लबमा जाने सम्भावना रहेको पनि बताइन्छ ।

‘मलाई विश्वास छ उनी अझै धेरै वर्ष यहाँ रहनेछन् । उनी हरेक दिन हामीसँग अभ्यासमा व्यस्त रहन्छन् ’ स्वारेजले भनेका छन्,‘सबैलाई थाहा छ बार्सिलोना उनको जीवन हो ।’ उनले मेस्सीका विषयलाई लिएर कुनै चिन्ता नरहेको पनि प्रष्ट पारेका छन् । उनले भने ‘हामीलाई आशा छ उनीले क्लबमा निरन्तरता दिनेछन् । हामी उनको वरिपरि खेल्न खुसी हुन्छौं । ’

मेस्सीले सिजनको सुरुआत दमदार ढंगले गरेका छन् । उनको टोली ला लिगामा ३५ अंकसहित शीर्षस्थानमा रहेको छ । १२ खेलको समाप्तीमा बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियालाई ४ अंक र रियल म्याड्रिडलाई १० अंकले पछाडि पारेको छ ।  बार्सिलोनाले ला लिगामा आइतबार भ्यालेन्सियाको सामना गर्दैछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.