8 years ago
November 25, 2017
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगमा साविक विजेता चेल्सी आज अर्को उपाधि दाबेदार मानिएको टोली लिभरपुलको सामना गर्दै छ । लिभरपुलको घरेलु मैदान एन्फिल्डमा हुने यस खेल नेपाली समयअनुसार ११.१५ बजे सुरु हुने छ ।
लिभरपुलका लागि मिडफिल्डर एम्रे चान र डिफेन्डर जोएल माटिप सामान्य चोटिल रहेका छन् । त्यस्तै अर्का मिडफिल्डर एडन लालाना भने चोटबाट फर्किँदै छन् । लिभरपुलको अग्रपंक्तिमा पूर्व चेल्सीका खेलाडि मोहम्म्द सालाह हुने छन् । सालाह यस सिजन प्रिमियर लिगका सर्वाधिक गोलकर्ता पनि हुन् ।
त्यस्तै चेल्सीका लागि भने पहिलो रोजाईका सबै खेलाडि फिट रहेका छन् । डिफेन्डर डेभिड लुइज र प्रशिक्षक एन्टोनियो कोन्टेबीच सम्बन्ध बिग्रेकाले डिफेन्समा उनको स्थान आन्द्रेस क्रिस्टेनसनले लिने छन् ।
हाल चेल्सी १२ खेलमा २५ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने पाँचौंमा रहेको लिभरपुलको २२ अंक रहेको छ । यी दुई बीच खेलिएको पछिल्लो खेल १-१ को बराबरीमा टुङ्गिएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]