8 years ago
November 25, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज राम्रो लयमा रहेको ब्राइटनको सामना गर्दै छ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिने सो खेल नेपाली समयअनुसार ८.४५ बजे सुरु हुने छ ।

म्यानचेस्टर युनाइटेडका लागि मुख्य डिफेन्डर फिल जोन्स र एरिक बाई घाइते रहेकाले क्रिस स्मलिङ र भिक्टर लिन्डेलफले डिफेन्स सम्हाल्ने सम्भावना रहेको छ । ज्लाटान इब्राहिमोभिचले पनि यस सिजनको आफ्नो पहिलो सुरुवात पाउन सक्ने छन् । भ्रमणीय टोली ब्राइटनका लागि भने पहिलो रोजाईका सबै खेलाडि फिट रहेका छन् ।
त्यस्तै अर्को बलियो टोली टोटनह्यामले वेम्ब्लीमा वेस्ट ब्रोमको सामना गर्दै छ । टोटनह्यामका लागि मुख्य डिफेन्डर टोबि एल्डरवेरल्ड घाइते रहेका छन् । प्रशिक्षकविहीन रहेको वेस्ट ब्रोमले प्रिमियर लिगमा आफ्ना पछिल्ला ४ खेल गुमाएको छ र यस खेलमा उसका क्रेग डसन चोटका कारण सहभागी हुने छैनन् ।
प्रिमियर लिगमा खेलिने अन्य खेलहरुको तालिका:
क्रिस्टल प्यालेस विरुद्ध स्टोक सिटी – ८.४५ बजे
न्युकासल युनाइटेड विरुद्ध वाटफोर्ड – ८.४५ बजे
स्वान्सि विरुद्ध बोर्नमथ – ८.४५ बजे
टोटनह्याम विरुद्ध वेस्ट ब्रोम – ८.४५ बजे
लिभरपुल विरुद्ध चेल्सी – ११.१५ बजे
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]