8 years ago
November 25, 2017
म्याड्रिड (एजेन्सी) – साविक विजेता रियल म्याड्रिड आज स्पेनिश ला लिगामा मालागाको सामना गर्दै छ । रियलको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ९ बजे सुरु हुने छ ।
मध्य साता च्याम्पियन्स लिगमा एपोएल निकोसियालाई ६-० ले हराएको रियलले आफ्नो लयलाई निरन्तरता दिन खोज्ने छ । रियल म्याड्रिडका लागि कप्तान सर्जियो रामोस नाक भाचिएकाले यस खेलमा नखेल्ने देखिन्छ । उनको अनुपस्थितिमा डिफेन्स जेसस भालेयो र राफेल भरानले सम्हाल्ने छन् ।
घरेलु टोलीका लागि नाचो यस खेलमा प्रतिबन्धका कारण सहभागी हुने छैनन् । ग्यारेथ बेल अझै घाइते छन् भने गोलकिपर केलर नाभास चोटबाट फर्किँदै छन् । रियल हाल १२ खेलमा २४ अंकका साथ तेस्रो स्थानमा रहेको छ र अग्रस्थानमा रहेको बार्सिलोनाभन्दा उसको १० अंक कम रहेको छ ।
मालागा भने ७ अंकका साथ तालिकाको १८ औं स्थानमा रहेको छ । मालागाका लागि मिडफिल्डर रेसियो टोलीमा फर्किंदै छन् । अन्य स्थानमा भने मालागाले परिवर्तन नगर्ने देखिन्छ । रियलले मालागासँग आफ्नो घरेलु मैदानमा खेलेको पछिल्ला १४ मध्ये १२ खेल जितेको छ भने मालागाले यस सिजन ६ वटा भ्रमणीय खेलहरु लगातार हारेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]