default_image

8 years ago

November 25, 2017

मनाङ काकरभिट्टा गोल्ड कपको सेमिफाइनलमा

117 views

0 Bookmark

सडन डेथमा रुपन्देही पराजित

काकरभिट्टा (हाम्रो खेलकुद)– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब मेची नेत्रालय काकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । काकरभिट्टा माविको मैदानमा आज अग्नी रुपन्देही ११ लाई सडन डेथमा ७–६ ले हराउँदै मनाङ मोफसलकै सर्वाधिक पुररस्कार राशी भएको भनिएको नकआउट फुटबल प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।

फाइल तस्बिर

आर्मीसँग सताक्षी गोल्ड कप फाइनलमा पराजित मनाङले रुपन्देहीसँग निर्धारित ९० मिनेटको समय गोल रहित बराबरी खेलेको थियो । टाइब्रेकरमा ५–५ को बराबरी भएपछि सडन डेथमा खेलको निर्णय भनएको थियो । विमल घर्तीमगरसहित राष्ट्रिय टोलीका ९ खेलाडी मनाङबाट खेलेका थिए ।

सडन डेथमा रुपन्देहीका सौरभ मगरको प्रहारलाई मनाङ गोलकिपर दीनेश थापामगरले रोकेका थिए । दीनेश खेलको म्यान अफ दी म्याच घोषित भए र १० हजार रुपैयाँ प्राप्त गरे । सडन डेथमा मनाङका लागि विक्रम लामा र विमल रानाले गोल गरे भने रुपन्देहीका लागि विजय धिमालले मात्र गोल गर्न सके ।

त्यसअघि पेनाल्टी सुटआउटमा मनाङका लागि कप्तान अनिल गुरुङ, विमल बस्नेत, सुजल श्रेष्ठ, हेमन गुरुङ र डोना थापाले गोल गरे । रुपन्देहीका लागि निरज बस्नेत, रजिन धिमाल, रुपेश केसी, दीपक राई र गोलकिपर दीलिप क्षेत्रीले गोल गरे ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.