default_image

8 years ago

November 25, 2017

मेस्सी र बार्सिलोनाबीच २०२१ सम्मको नयाँ सम्झौता

104 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– अनेक अड्कलबाजीका बीच लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । मेस्सी र स्पेनिस महारथीबीच साढे चार वर्षको नयाँ सम्झौता भएको छ ।

बार्सिलोनामा रहनेमा मेस्सीले सहमति जनाएको क्लब व्यवस्थापनले बताइरहँदा पनि उनीहरुबीच नयाँ सम्झौता भने हुन सकेको थिएन । अन्नतः लामो प्रतिक्षापछि बार्सिलोनाको मेस्सीसँग सम्झौता भएको छ । मेस्सीले चौथो पटक गोल्डेन बुट जितेको एक दिनपछि उनले क्लबसँग सम्झौता गरेका हुन् ।

योसँगै उनी अन्य युरोपियन क्लबमा जाने सम्भावनाको अन्त्य भएको छ । नयाँ सम्झौतामा उनलाई खरिद गर्न चाहने टोलीले ७ सय मिलियन युरो तिर्नुपर्ने सर्त राखिएको छ । त्यसैले आफ्नो पुरै खेल जीवन बिताएको क्लबबाट उनलाई कसैले किन्ने कुरा असम्भवजस्तै देखिन्छ ।

शनिबारको अवार्ड कार्यक्रमसम्म पनि मेस्सीले नयाँ सम्झौताका विषयमा छलफल गर्न नचाहेको बताइएको थियो । तर, मेस्सीका बाबु जोर्जेले भने उनले क्लबसँग नयाँ सम्झौता गरिसकेको बताएका थिए । यद्दपी मेस्सीले सम्झौतामा दस्तखत नगरेसम्म उनले क्लब छोड्ने सम्भावनाको हल्ला लगातार चलेको थियो ।

म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन मेस्सीलाई भित्राउन प्रयासरत थिए । तर, अब सबै सम्भावना टुंगिएको छ । मेस्सीले क्लबका लागि ३० वटा उपाधि जितिसकेका छन् । जसमा ८ ला लिगा उपाधि, ४ च्याम्पियन्स लिग उपाधि र ५ कापा डेल रे उपाधि छन् ।

अर्जेन्टिनी फुटबल टोलीका कप्तानसमेत रहेका ३० वर्षे मेस्सीले क्लबका लागि कीर्तिमानी गोल गरेका छन् । उनले ६ सय २ खेलमा ५ सय २३ गोल गरिसकेका छन् । अझै उनी उच्च फर्ममा रहेकाले उनको कीर्तिमान तोड्ने तत्काल सम्भावना देखिएको छैन ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.