8 years ago
November 25, 2017
म्याड्रिड (एजेन्सी) – साविक विजेता रियल म्याड्रिडले स्पेनिश ला लिगामा मालागालाई ३-२ ले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए ।
घरेलु टोली रियल म्याड्रिडले खेलको नवौं मिनेटमै करिम बेन्जेमाको प्रहारमार्फत अग्रता लिन सफल भएको थियो । तर सो गोलको १० मिनेटमै मालागाका डिएगो रोलानले गोल गर्दै स्कोर १-१ पारेका थिए ।
लगत्तै टोनि क्रुसको पासमा कासेमिरोले गोल गर्दै रियललाई खेलमा पुन: अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफमा मालागा फेरि खेलमा फर्किन सफल भएको थियो ।
खेलको ५८ औं मिनेटमा गोन्जालो कास्ट्रोले गोल गर्दै खेललाई बराबरी बनाएका थिए । तर ७६ औं मिनेटमा रियलका स्टार खेलाडि रोनाल्डोले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।
पाएको पेनाल्टीमा चुके पनि रिबाउन्डलाई भने परिणत गर्दै रोनाल्डोले निर्णायक गोल गरेका थिए । सो गोल रोनाल्डोको ला लिगामा दोस्रो गोल थियो । यस जितसँगै रियल अंकतालिकामा १३ खेलमा २७ अंकसहित तेस्रो स्थानमा यथावत् छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]