8 years ago
November 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – काँकरभिट्टाले जारी मेची नेत्रालय गोल्डकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । स्थानीय टोलीले हिमालयन शेर्पालाई १-० ले हराएको हो ।
काँकरभिट्टाका लागि खेलको २२ औं मिनेटमा निरन्जन खड्काले प्रहार गरेको फ्रिकिक गोल निर्णायक रह्यो । अब काँकरभिट्टाले सेमिफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्ने छ ।
त्यस्तै हिजोको खेलमा त्रिभुवन आर्मीले पनि सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको थियो । क्वाटरफाइनलमा सुदूरपश्चिमलाई पेनाल्टीमा हराउँदै आर्मीले अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेको थियो ।
निर्धारित समय १-१ को स्कोरमा टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा भने आर्मीले ३-० ले बाजी मार्यो । अब आर्मीले सेमिफाइनलमा नेपाल पुलिसको सामना गर्ने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]