default_image

8 years ago

November 28, 2017

चोटमुक्त बेल पुनरागमनको तयारीमा

133 views

0 Bookmark

म्याड्रिड (एजेन्सी)– चोटमुक्त भएका रियल म्याड्रिडका ग्यारेथ बेल कोपा डेल रेमा फुनलाब्राडासँगको खेलमा उत्रने सम्भावना रहेको छ । महिनाको सुरुआतमा ह्यामस्ट्रिङ समस्याबाट पीडित भएका वेल्सका स्टार अहिले चोटमुक्त भएको बताइएको छ । टोलीका प्रशिक्षक जिनेदिन जिदानले घरेलु मैदानमा आज तेस्रो श्रेणीको टोलीविरुद्ध हुने खेलमा बेललाई उतार्ने सम्भावना छ ।


सेप्टेम्बर २६ मा च्याम्पियन्स लिगमा बोरुसिया डर्टमन्डको खेल यता चोटका कारण बेल मैदान बाहिर रहँदै आएका छन् । त्यसयताका उनले सबै ११ खेल गुमाइएसकेका छन् । ह्यामस्ट्रिङ अघि उनको पिडौलामा चोट लागेको थियो । २८ वर्षे बेलले यो सिजन मात्र ८ खेल सुरुआत गरेका छन् । यो सिजन उनले क्रिस्टियानो रोनाल्डो र करिम बेन्जिमाका साथ सुरुआत गरेका छैनन् ।

लगातारका चोटका कारण पनि स्पेनिस एवंम् युरोपियन च्याम्पियन टोलीमा उनको भविष्यलाई लिएर अनेक खाले अड्कल बाजी हुने गरेका छन् । रियलमा रहँदाका ४ वर्षमा बेललाई सानाठूला गरि ११ वट चोट लागिसकेको छ । अब भने बाँकी सिजन टोलीमा उनको महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ ।

रियलले यो सिजन ला लिगामा सन्तोषजनक सुरुआत गर्न सकेको छैन । शीर्षस्थानको बार्सिलोनाभन्दा रियल अझै ८ अंले पछाडि रहेको छ । रियलले शनिबार एथलेटिको बिलबाओको सामना गर्दैछ । त्यस्तै रियलले च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेल डर्टमन्डसँग डिसेम्बर ६ मा खेल्नेछ । रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको छ ।

डिसेम्बर ९ मा सेभिलासँग घरेलु मैदानमा खेलेपछि रियल फिफा क्लब विश्व कपका लागि अबुधावी पुग्नेछ । एसिया भ्रमणबाट फर्केपछि रियल र बार्सिलोनाबीच डिसेम्बर २३ मा खेल हुनेछ । सबै खाले प्रतियोगितामा गरि ९ खेल खेलेका बेलले ३ गोल गर्दै ४ वटा एसिस्ट गरेका छन् ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.