8 years ago
November 28, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस् ले दोस्रो स्थानमा रहँदै धिवेही प्रिमियर लिग (डिपिएल) को अन्त्य गरेको छ ।
गत साता महत्वपूर्ण खेलमा न्यू रेडियन्टसँग ३–२ ले पराजित भएपछि टिसी स्पोर्टस् को उपाधि जित्ने सम्भावना टुंगिएको थियो । यद्दपी डिपिएलको आफ्नो अन्तिम खेलमा आइतबार ग्रिन स्ट्रिटलाई ४–१ ले हराउँदै टिसी स्पोर्टस् ले दोस्रो स्थान पक्का गरेको हो ।उपाधि विजेता न्यू रेडियन्टले १४ खेलमा १३ जित र १ हारसहित ३९ अंक जोडेको थियो ।
टिसी स्पोर्टले १० खेल जित्यो भने २ खेलमा बराबरी र २ खेलमा हार बेहोरेको थियो । पाँच महिनाअघि माले लिगबाट चौथो स्थानमा रहँदै किरणको टोली डिपिएलको लागि छनोट भएको थियो । किरण गत वर्ष पुसमा टिसी स्पोर्टसमा आवद्ध भएदेखि नै उनले उच्च प्रदर्शन गर्दै आएका थिए ।
क्लबमा सामेल भएको पहिलो नकआउट प्रतियोगिताका रुपमा बंगलादेशमा भएको शेख कमाल क्लब कपको उपाधि टोलीलाई दिलाउन किरणले महत्वपूर्ण भूमिका खेलका थिए । उक्त प्रतियोगितामा किरणले पूर्व क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँगको खेलमा म्यान अफ दी म्याच प्रदर्शन गरेका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]